राष्ट्रसंघका महासचिव अन्नपुर्ण बेसक्याम्प पुगे | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

राष्ट्रसंघका महासचिव अन्नपुर्ण बेसक्याम्प पुगे

काठमाडौं, १४ कात्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपुर्ण बेसक्याम्प पुगेका छन् ।  नेपाली सेनाको विशेष हेलिकोप्टरबाट गुटेरेस सोमबार पोखरा पुगेका हुन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघि उनी एविसी अवतरण गरेका हुन् । केही बेर एविसीमै रहेर जलवायु परिवर्तनको असरबारे स्थानीयसँग कुरा गर्ने बुझिएको छ । उनलाई स्थानीय झाकीसहित स्वागत गरिएको छ ।

४ दिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसलाई पोखराको पुरानो विमानस्थलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे,पोखराका मेयर धनराज आचार्यसहितको टोलीले झाँकी र सांस्कृतिक कार्यक्रमसहित भव्य स्वागत गरेको थियो । पोखरा झरेसँगै  उनी विशाल शिवजीको मूर्ति रहेको पोखरा २२ पुम्दीकोट पुगे । महासचिव गुटेरेस सोमबार बास पोखरामै बसे ।

पोखराको लोकप्रिय फिस्टेल लजले महासचिव गुटेरेसको लागि बेलायती राजा चार्ल्स, अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरलगायतले रात बिताएको कोठा उपलब्ध गराएको थियो । ओच्छ्यानबाटै फेवाताल र हिमालको दृष्यावलोकन गर्न सकिने सो कोठामा सन् १९८१ को डिसेम्बरमा बेलायतका तत्कालीन युवराज र हालका राजा चाल्र्सले रात बिताएका थिए । महासचिव गुटरेस अन्नपूर्ण आधार शिविर जानु हुने छ । यसअघि महासचिव गुटेरेसले सोमबार नै सोलुखुम्बु पुगेर हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तरक्रिया गरे । विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिकाजस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद भएको महासचिव गुटेरेसले टिप्पणी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);