सरकारको सक्रियताले दशैँमा ठूला सडक दुर्घटना हुन दिएनौंः मन्त्री ज्वाला | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

सरकारको सक्रियताले दशैँमा ठूला सडक दुर्घटना हुन दिएनौंः मन्त्री ज्वाला

काठमाडौं, १३ कार्तिक ||
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारको सक्रियताले दशैंमा ठूला सडक दुर्घटना हुन नदिएको दाबी गर्नुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो । उहाँले ठूलो दुर्घटना नहुने गरी दशैंमा गाउँघर जाने यात्रुहरुलाई यातायात व्यवस्था सहज बनाउन सफल भएकोमा सरकार सन्तुष्ट रहेको बताउनु भयो । उहाँले सडक पूर्वाधार र यात्रु ठगिने समस्या समाधान गर्न स्थानीय,प्रदेश सरकारको महत्वपूर्ण भुमिकाले पनि यातायात व्यवस्था सहज हुन सकेको बताउनु भयो । उहाँले विगतमा भन्दा पछिल्लो समय यात्रुहरु समेत सचेत रहेकाले तत्काल समस्याको सूचना आउने भएकाले पनि समस्या समाधान गर्न सहज भएको पनि बताउनु भयो । मन्त्री ज्वालाले यातायात व्यवस्था सहज बनाउन मिडियाहरुले पनि सहज बनाएको उल्लेख गर्नुभयो । उहाँले वर्षको दशैँमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यसपटक चाडपर्वमा यात्रुहरुलाई सहज रुपमा यातायात मार्फत गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनेको बताउनु भयो । उहाँले सरकारको ध्यान चाडपर्वमा यात्रुहरुले सास्ती र क्षती भोग्न नपरोस् भन्नेमा केन्द्रित रहेको भन्दै ठूलो समस्या भोग्नुपर्ने अवस्था सरकारले आउन नदिएको बताउनु भयो । उहाँले सडक पूर्वाधारका धेरै गुनासाहरु रहेको भन्दै नारायणघाट,पोखरा मुङलिन सडक खण्डका गुनोसा कम भएको बताउनु भयो । उहाँले सरकारले उक्त सडक खण्डहरुमा तत्काल अनुगमन गरी वैकल्पिक सडकहरुबाट यातायात सहज रुपमा सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले चक्रपथ सडक निर्माण ढिलाको विषयमा सरकारले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पुरा गरेको बताउनु भयो । उहाँले उक्त सडक निर्माण एक वर्ष लाग्ने समाचारहरु आएपनि यति लामो समय नलाग्ने बताउनु भयो । उहाँले उक्त क्षेत्रका संसदहरुसँग बसेर छुटै छलफल गर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);