राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलवारको संसद बैठकमा पेस गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलवारको संसद बैठकमा पेस गर्ने

काठमाडौं, १३ कार्तिक ||
विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलवारको संसद बैठकमा प्रश्तुत गर्ने निर्णय गरेको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रश्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको हो । बैठकले मंगलवार बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथिको प्रतिवेदन बैठकमा प्रश्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताउनु भयो । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि समितिमा आज छलफल भएको हो । छलफलपछि समितिका निर्णय सुनाउँदै उहाँले यो विधेयक अगाडि नै आउनुपर्ने भएपनि ढिलो गरेर भएपनि आएको बताउनु भयो । उहाँले छलफल उपलब्धिमुलक भएको र विधेयकको प्रतिवेदन मंगलवारको संसद बैठकमा पेस हुने बताउनु भयो । समिति सभापति राईले विधेयकको छलफल सकारात्मक भएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);