चीनद्वारा नयाँ संसद भवन जिम्बाबेलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

चीनद्वारा नयाँ संसद भवन जिम्बाबेलाई हस्तान्तरण

काठमाडौं, १२ कात्तिक । चीनले अनुदानमा निर्माण गरेको जिम्बाबेको नयाँ संसद भवन जिम्बाबेलाई हस्तान्तरण गरेको छ ।

यो संसद भवन चीनले अनुदानस्वरुप जिम्बाबेका लागि बनाइदिएको हो । ३३ सय वर्ग मिटरको संयुक्त फ्लोर स्पेसको यो भव्य संरचना हस्तान्तरण गरेको हो । अत्याधुनिक संरचना ग्रेट जिम्बाबेबाट प्रेरित यो संरचना मध्ययुगिन शहरलाई मध्यनजर गर्दै निर्माण गरिएको हो । भवन हस्तान्तरण समारोहमा बोल्दै जिम्बाबेका राष्ट्रपति इमर्सन मनांगाग्वाले नयाँ संसद भवन देशको सबैभन्दा भव्य र आधुनिक भवनमध्येको एक भएको बताउनु भयो ।

दुवै पक्षले पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र अन्य क्षेत्रमा व्यवहारिक सहकार्य गर्ने प्रतिवद्धत जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);