२ सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश १४२ रनमा सिमित | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

२ सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश १४२ रनमा सिमित

काठमाडौं, १२ कात्तिक । आईसीसी विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले बंगलादेशविरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ । जारी विश्वकपमा नेदरल्यान्ड्को यो दोस्रो जित हो । जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौं स्थानमा उक्लिएको छ भने पराजित भएको बंगलादेश नवौं स्थानमा पुगेको छ ।

हारसँगै बंगलादेश जारी प्रतियोगिताबाट बाहिरने पहिलो टोली बनेको छ । २ सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशको टिम ४२ दशमलब २ ओभरमा सवै विकेट गुमाएर १४२ रनमा समेटिएपछि नेदरल्याण्ड्सले ८७ रनको शानदार जित दर्ता गरेको हो ।

बंगलादेशका मेहदी हसनले सर्वाधिक ३५ रन बनाउँदा मुस्तिफिजुर रहमान र मुस्फिकुर रहिमले २०–२० रन बनाए । टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा सवै विकेट गुमाएर २ सय २९ रन बनायो । नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डले अर्धशतकीय पारि खेले ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);