पिकनिक मनाएर फर्किएको बस सिमरामा दुर्घटना, एकको मृत्यु,४० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

पिकनिक मनाएर फर्किएको बस सिमरामा दुर्घटना, एकको मृत्यु,४० जना घाइते

काठमाडौं, १२ कात्तिक । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना भएको छ । चितवनको जलबिरे झरनाबाट पिकनिक मनाएर वीरगञ्ज तर्फ आइरहेको ना ७ ख ४७४९ नम्बरको यात्रुवाहक बस बाराको सिमरास्थित राष्ट्रिय बाणिज्य बैंकको भवन अगाडि दुर्घटना भएको हो ।

बस अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको प्रहरीले जनाएको छ ।

अझै मृतकहरूको सङ्ख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको विस्तृत विवरण केही बेरमा आउने जनाइएको छ ।

तस्बिर : अभिमन्यु पटेल

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);