बंगलादेश, १२ कात्तिक । बंगलादेशमा शनिबार राजनीतिक ¥यालीका क्रममा भएको हिंसामा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का एक कार्यकर्ता र एक प्रहरीको मृत्यु भएको छ । ढाका ट्रिब्यूनको रिपोर्टका अनुसार हिंसामा अन्य कैयौं व्यक्ति गम्भीर घाइते भएका छन् । बंगलादेशका प्रमुख राजनीतिक दलहरू बीएनपी र अवामी लीगले जनवरी २०२४ मा हुने चुनाव अघि छिटपुट हिंसाको विरोध गरे ।
फकिरापुल क्षेत्रमा बिएनपी समर्थकसँगको झडपमा एक प्रहरी जवानको मृत्यु भएको छ । मृतक प्रहरी जवानको पहिचान म्ःए को ऋत्त्ऋ इकाईका हवल्दार अमिनुल परवेजको रूपमा भएको ढाका ट्रिब्यूनले जनाएको छ। मृत्यु हुनेमा वडा नं ७ मुग्दा प्रहरी चौकी युवा दलका अध्यक्ष शमीम मोल्लाह रहेका छन् ।
प्रहरीको गोली लागेर शमीम घाइते भएको बिएनपीका सहमहासचिव रुहुल कबिर रिजभीले जानकारी दिए । बिएनपी नेताका अनुसार उनलाई गम्भीर अवस्थामा केन्द्रीय प्रहरी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
यसैबीच शमीम मोल्लाको हृदयघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी अस्पतालका निर्देशक प्रहरी नायब महानिरीक्षक रजाउल हैदरले उनको शरीरमा चोटपटकको निशान नरहेको बताए । ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार उनको मृत्यु हृदयघातका कारण भएको अनुमान गरिएको छ ।