काठमाडौं, ७ कात्तिक । भारतको चेन्नइमा अफगानिस्तानले पाकिस्तानमाथि ८ विकेटको ऐतिहासिक जित दर्ता गरेको हो । यसअघि विश्व च्याम्पियन इङ्ल्याण्डलाई ६९ रनले हराएर पहिलो अप्रत्यासीत जित हात पारेको गरेको अफगानिस्तानले दोस्रो अप्रत्याशित नतिजाको शिकार पाकिस्तानलाई बनाएको हो ।
नेदरल्याण्ड्सले साउथ अफ्रिकालाई हराएको खेल पनि यो विश्वकपको अप्रत्याशित नतिजा हो । बाबर आजम नेतृत्वको पाकिस्तानले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको हो । सुरुआतमा रहमानुल्लाह गुरबाज र इब्राहिम जादरानले शतकीय इनिङ्स खेल्दै अफगानिस्तानलाई शानदार सुरुआत दिलाए । जादरानले ८७ र गरबाजले ६५ रन बनाए । त्यसपछि रहमत साह र कप्तान हशमतुल्लाह शाहिदी मिलेर अफगास्तिानलाई जित दिलाए ।
रहमत ८४ र साहिदी ४८ रनमा अविजित रहे । पाकिस्तानका लागि साहिन अफ्रिदी र हसन अलिले १–१ विकेट लिए । एक दिवसीय क्रिकेटमा पाकिस्तानलाई अफगानिस्तानले हराएको यो पहिलो पटक हो । यसअघि पहिले व्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८२ रन बनायो । बाबर आजमले ७४ अब्दुल्ला सफिकले ५८ , सादाब खानले ४० तथा इफ्तिखार अहमदले ४० रन जोडे अफगानिस्तानका १८ वर्षेका स्पिनर नुर अहमदले ३तथा नविल उल हकले २ विकेट हात पारे । यो विश्वकपका ५ खेलमा पाकिस्तानको यो तेस्रो हार हो ।
सेमिफाइनलमा स्थान बनाउन पाकिस्तानले बाँकी सबै ४ खेल जित्नै पर्ने भएको छ ।