बंगलादेशमा रेल दुर्घटना हुदाँ १५ जनाको मृत्यु, १०० बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

बंगलादेशमा रेल दुर्घटना हुदाँ १५ जनाको मृत्यु, १०० बढी घाइते

काठमाडौं, ७ कात्तिक। बङ्गलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ। घटनाबारे बङ्गलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो। ‘भग्नावशेषबाट अहिलेसम्म १५ वटा शव बाहिर निकालिएको छ’, सरकारले भने। उनका अनुसार दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कयौँ डिब्बा पल्टिँदा करिब एक सय जना घाइते भएका छन्। उनले मर्नेहरूको सङ्ख्या अझै बढ्ने आशङ्का गरे।

अधिकारीहरूका अनुसार जीवित अधिकांश यात्रीहरूलाई चोट लागेको छ र उनीहरूलाई अस्पताल पुर्याइएको छ। सयौँ स्वयंसेवक र स्थानीय बासिन्दा अग्निशमनकर्ताहरूसँग सहभागी भएर भग्नावशेषमा फसेका मानिसलाई बचाउन सक्रिय भएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);