राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन

काठमाडौं,६ कात्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । आईतवार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभएको हो ।

दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ । बडा दशैँको आठौँ दिन आइतबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्शाल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो थियो । त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि महागौरी भगवतीको पूजाअर्चना गरेर महाष्टमी मनाइएको छ । आइतबार बिहान राष्ट्रपतिले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गर्नुभएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);