‘बिच’ भलिबलको उपाधि त्रिभुवन आर्मी क्बललाई | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २० २०८१, मंगलबार

‘बिच’ भलिबलको उपाधि त्रिभुवन आर्मी क्बललाई

पुष्कर भट्ट ||
कञ्चनपुर,कार्तिक ४ ||
कञ्चनपुरमा जारी बिच भलिबल प्रतियोगिताको खुल्ला तर्फको उपाधी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीको बगरमा भएको फाइनल खेलमा लिटिलबुद्ध एकेडेमीको टिमलाई सोझो सेटले पराजित गर्दै आर्मीले उपाधी जितेको हो । उपाधी उचालेसंगै आर्मीको टिम रु १ लाख नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ । भने उपबिजेता लिटिलबुद्धको टिमले रु ५० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ । प्रतियोगिताको उपाधी बिजेता टिमलाई सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी बिजय थापाले पुरस्कृत गरेका छन।
त्यसैगरी पुरुष भेट्रानतर्फको उपाधी बेलौरी नगरपालिकाको टिमले उपाधी जितेको छ । फाइनल खेलमा शसस्त्र प्रहरी बलको टिमलाई पराजित गर्दै बेलौरी नगरपालिकाको टिमले उपाधी जित्दै रु २५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ । भने उपबिजेता शसस्त्र प्रहरी बलको टिमले रु १५ हजार नगदबाट पुरस्कृत भएको छ । भने भेट्रानतर्फ कैलालीको फुलबारी टिम तृतीय हुँदै रु दश हजार नगदबाट पुरस्कृत भएको छ ।
नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनाको भएको प्रतियोगितामा खुल्लातर्फ कुल २३ र भेट्रानतर्फ ११ टिम सहभागी थिए । नेपाली सेनाले सैनिक–नागरिक सम्वन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित नेपाली सेनाको योजनामा प्रतियोगिता आयोजना भएको थियो ।
समापन समारोहमा सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी बिजय थापा, दोधारा चादँनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बू, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा, भीमदत्त नगरपालिकाका नगरउपप्रमुख निलम लेखक जोशी, बेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्ल, कञ्चनपुर उद्योग बाणिज्य संघका सचिब राहुल भट्ट लगायतको सहभागिता रहेको थियो ।
कञ्चनपुर जिल्ला भलिबल संघले भबिष्यमा पनि भलिबल खेलाडी उत्पादन गर्न यस्तै अन्य प्रतियोगिता आयोजना गरिने जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा चादँनी नगरपालिकाले पुरस्कार राशि प्रायोजन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);