एनआरएनएको अध्यक्षमा केसी विजयी भएपछि भाँडमैलो,सिस्टम ह्याकको आरोप | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

एनआरएनएको अध्यक्षमा केसी विजयी भएपछि भाँडमैलो,सिस्टम ह्याकको आरोप

काठमाडौं, ३ कात्तिक । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको घोषणासँगै तनाव उत्पन्न भएको छ । पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने समर्थकहरुले चर्को नाराबाजी गरेका छन् ।

भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा प्रभावित गरेको अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएपछि तनाव उत्पन्न भएको हो । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् । घोषित परिणम अनुसार केसीले एक हजार ३७८, राजेन्द्रकुमार शर्मा आरकेले एक हजार २८१, महेशकुमार श्रेष्ठले एक हजार २२५ र उम्मेदवारी निष्कृय गरिसक्नु भएकी रविना थापाले ४७ मत पाउनु भएको छ । ।

उपाध्यक्षमा डाक्टर विनोद श्रेष्ठ, डाक्टर हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित हुनु भएकोछ । युवा उपाध्यक्षमा रोशन थापा, महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएको बताइएको छ । अध्यक्ष पदमा रविना थापाले अन्तिम समयमा उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाईसमर्थन गर्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);