सरकार र आन्दोलनरत नर्सबीच ११बुँदे सहमति | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

सरकार र आन्दोलनरत नर्सबीच ११बुँदे सहमति

nurse andolan

काठमाडौं, ५ माघ । मानवअंग प्रत्यारोपण केन्द्रका नर्सको पुनर्वहालीलगायत ११बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको वार्ता टोलीकी सदस्य रमिला चौलागार्इंले बताइन् । उनका अनुसार मानवअंग प्रत्यारोपण केन्द्रबाट नर्स त्रजिता जती र सजना द्यौलालाई गत ४ साउनमा प्रक्रिया नपुर्‍याई निष्कासन गरेको भन्दै नर्सहरू आन्दोलनमा थिए । निष्कासन भएको अवधिको ७५ प्रतिशत तलब उपलब्ध गराउने र थप तीन महिनाका लागि करार थप्ने सहमति भएको छ ।

सरकारीसरह निजी स्वास्थ्य संस्थाहरूमा काम गर्ने नर्सिंङलगायतका अन्य कर्मचारीको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गर्ने सहमति पनि भएको छ । यस्तै, कुनै पनि सरकारी तथा सरकारीबाहेकका स्वास्थ्य संस्थाहरूमा स्वयंसेवक नर्स राख्न निषेध गर्ने, संघीय तथा प्रदेश मन्त्रालय तहमा नर्सिंङ सेवा महाशाखा स्थापना गर्न मन्त्रालयमार्फत सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने लगायतका सहमति भएको छ ।आजको नयां पत्रिकामा यस्तो खवर छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);