गैरआवासीय नेपालीले आजदेखि नागरिकता पाउने | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

गैरआवासीय नेपालीले आजदेखि नागरिकता पाउने

nagarikata

काठमाडौं, ३० असोज । आजदेखि नेपाल सरकारले गैरआवासीय नेपाल (एनआरएन)लाई नागरिकता दिने भएको छ । एनआरएनको सम्मेलनको सन्दर्भ पारेर प्रधानमन्त्री प्रचण्डले नागरिकता वितरण सुरु गर्न लागेका हुन् ।

प्रचण्डको सचिवालयको अनुसार एनआरएनका अध्यक्ष कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता दिन लागिएको हो । उनीसँगै पदाधिकारीलाई पनि गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने बुझिएको छ । नागरिकता प्राप्त गरेपछि उनीहरुले ईश्वर,देश र जनताको नाममा शपथ लिनुपर्ने हुन्छ ।

गत भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था गरेको हो भने गत जेठ १७ गते नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरिएको थियो ।

Leave a Reply