पोल्याण्डको सत्तारुढ दलले संसदीय चुनावमा अग्रता लियो | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

पोल्याण्डको सत्तारुढ दलले संसदीय चुनावमा अग्रता लियो

एजेन्सी, २९ असोज||
पोल्याण्डको सत्तारुढ कानून र न्याय पार्टी (पीआइर्एएस) ले आईतवारको संसदीय भुनावमा ३६.८ प्रतिशत मतका साथ अग्रता लिएको छ ।
साना साझेदारहरुसँग गठबन्धनमा रहेको पीआईएसले संसदको तल्लो सदनमा २०० सिट जितेको छ । ४६० सिट रहेको संसदमा बहुमत भने पुगिसकेको छैन । नागरिक गठबन्धन ३१.६ प्रतिशत मतका साथ दोस्रो स्थानमा रहेको छ भने तेस्रो मार्ग गठबन्धनले १३ मत प्राप्त गरेको छ । देशभरका ३१ हजार बढी मतदान केन्द्रहरुमा भएको मतदानमा सेज्मका ४६० सदस्य र १ सय जना सिनेटरहरु चार वर्षको कार्यकालका लागि चयन हुनेछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);