इजरायलमा निधन भएका १० मध्ये पाँच नेपालीको शव प्राप्त | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

इजरायलमा निधन भएका १० मध्ये पाँच नेपालीको शव प्राप्त

death body

काठमाडौं, २९ असोज । इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव नेपालले प्राप्त गरेको छ । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार निधन भएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव आइतबार नेपालले प्राप्त गरेको हो ।

घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको र उपलब्ध संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी अझै तीव्र पारिएको विज्ञप्तिमा उल्लेख छ ।

आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका एकजना नेपाल आइसकेका छन । एकजना दूतावासको हेरचाहमा रहेका छन् भने दुईजना अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);