स्वतन्त्रतामा बन्देज लगाएको भन्दै श्रीमतीले रेटिन श्रीमानको घाँटी | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

स्वतन्त्रतामा बन्देज लगाएको भन्दै श्रीमतीले रेटिन श्रीमानको घाँटी

behuli

एजेन्सी, २८ असोज । भारतको मुबारकपुर थाना इलाकाको कादिपुर गाउँमा श्रीमतीले राति सुतिरहेको अवस्थामा चक्कु प्रहार गरी श्रीमानको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेकी छन् । घाइते श्रीमानले कतै गाउँमा भागेर ज्यान बचाए ।

छिमेकीको सहयोगमा पतिलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो जहाँ उनको अवस्था गम्भीर देखेर डाक्टरले माथिल्लो केन्द्रमा रिफर गरेका थिए । घाइतेकी आमा देवजीको उजुरीका आधारमा आरोपी बुहारी सुशीलाविरुद्ध मुद्दा दर्ता गरी सोधपुछ भइरहेको छ ।

कादिपुर गाउँका रामविजय यादव कतारको दोहामा एउटा कम्पनीमार्फत सैलुनमा काम गर्थे । एक महिनाअघि कम्पनी सञ्चालकले काम सकिएको र काम चाहिएमा बोलाइने भन्दै बर्खास्त गरेका थिए । त्यसपछि रामविजय यादव घर आए । घर फर्कने बित्तिकै उनकी श्रीमतीको स्वतन्त्रतामा प्रतिबन्ध लगाइयो।

उनीहरुले श्रीमतीको आवतजावतमा पनि प्रतिबन्ध लगाउन थाले । यही विषयलाई लिएर दुवैबीच पटकपटक विवाद हुने गरेको छ । राति परिवारसँग खाना खाएर रामविजय यादव श्रीमतीसहित कोठामा सुत्न गएका थिए भने छोराछोरी छुट्टै कोठामा सुतेका थिए ।

मध्यरातमा श्रीमतीले नजिकै सुतिरहेका श्रीमानको चक्कु प्रहार गरी घाँटी काटिन् । उनीमाथि थप आक्रमण गर्न अघि नै उनले आफ्नी श्रीमतीलाई धकेले र चिच्याउदै भागे । अवस्था गम्भीर बन्दै गएको देखेर अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा राघवेन्द्र सिंहले उच्च केन्द्रमा रिफर गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);