इलाम, २८ असोज । भारतको सिक्किममा सम्पर्कविहीन भएका इलामका पाँच जना सम्पर्कमा आएका छन् । सिक्किमको पहिरो तथा टिस्टा नदीको बाढीपछि उनीहरु परिवारको सम्पर्कमा आएका थिएनन् ।
बेपत्ता भएका ५ जना पछिल्लो समय उनीहरुले परिवारका सदस्यसँग फोन तथा सामाजिक सञ्जालमा कुरा भएको बुझिएको छ ।
इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएसँगै परिवार खुसी भएका छन् । पाँच जना नेपालीहरू असोज १६ गतेदेखि नै सम्पर्कविहीन भएका थिए ।