काठमाडौं, २७ असोज ||
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताउनु भएको छ । संघीयता अन्तरगत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने उहाँको तर्क थियो । पार्टीद्वारा शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? भनि प्रश्न समेत गर्नुभयो । नेपालजस्तो सानो देशका लागि सयभन्दा बढी मन्त्री र ५÷७ सयको संख्यामा सांसद आवश्यक नभएकाले त्यसलाई कटौति गर्नुपर्ने उहाँले प्रश्ताव गर्नुभयो । अध्यक्ष थापाले वर्तमान व्यवस्था भ्रष्ट भएको भन्दै त्यसमा सुधारका निम्ति तयार हुन प्रमुख राजनीतिक दलहरुलाई आग्रह समेत गर्नुभयो । अध्यक्ष थापाले सनातन धर्मको संरक्षण गर्ने र वर्तमान भ्रष्ट व्यवस्था सुधारका लागि आफ्नो पार्टीले आन्दोलनको घोषणा गरेको जिकिर समेत गर्नुभयो ।