महेन्द्रपुलमा एनआरएनएद्वारा निर्मीत अत्याधुनिक सार्वजनिक शौचालय हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार

महेन्द्रपुलमा एनआरएनएद्वारा निर्मीत अत्याधुनिक सार्वजनिक शौचालय हस्तान्तरण

पोखरा । पोखरा महनागरपालिका ९ महेन्द्रपुलमा नवनिर्मित अत्याधुनिक शौचालयकको उद्धघाटन गरीएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आर्थिक सहयोग र पोखरा महानगरपालिकाको सहकार्यामा निमार्ण गरीएको अत्याधुनिक शौचालयको शुक्रबार उद्ध्घाटन गरीएको हो । २०७९ पौष ३ गते एनआरएनएका तात्कालिन कार्यकारी अध्यक्ष रविना थापा र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबिच महेन्द्रपुलमा शौचालय निमार्ण गर्ने सम्झौता भै गत चैत्र २७ गते शिलान्यास गरीएको थियो । एनआरएनएको पहिले किस्तामा ६० लाख र द्रोस्रो किस्तामा २० लाख गरी ८० लाख रुपैयाँ सहयोगमा निमार्णगरीएको उक्त शौचालयमा महिला र पुरुषले प्रयोग गर्ने छुट्टा छुट्टै सुविधा सम्पन्न कोठाहरु छन् । त्यसैगरी अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्न मिल्ने अपांगतामैत्रि शौचालय कक्ष समेत छुट्टै व्यवस्थापन गरीएको छ । शौचालय भित्रै स्थानपान कक्ष, आवश्यक विद्युतका सामाग्री राख्नका लागि छुट्टै स्टोर कक्ष र टि सपका लागि समेत कोठा निर्माण गरीएको छ भने महिलाहरु महिनावारी हुँदा आवश्यक पर्ने सेनेटरी प्याडको राख्नका लाई प्याड भ्यान्डरको समेत व्यवस्थापन परिएको छ ।


त्यसैगरी शौचालय वरीपरीको खुल्ला भुभागमा एनआरएनए पार्क समेत निमार्ण गरीने भएको छ । यो सबै परियोजना सम्पन्न गर्नकालागि करिब ९५ लाख रकम लाग्ने महानगरपालिकाको लगत अनुमान छ । एनआरएनएले यो परियोजना सम्पन्न गर्न ८० लाख रुपैयाँ उपलब्ध गराई सकेको छ । एनआरएनले उपलब्ध गराएको रकम मध्ये ५५ लाख ९ हजारमा महानगरपालिकाले ठेक्का सम्झौतागरी उक्त शौचालय निमार्ण सम्पन्न गरेको हो । शौचालय बाहेकका वायोज्ञाश पलान सहित पार्क निमार्णको कार्य केही दिन भित्रै सम्पन्न हुने महानगरपालिकाले जनाएको छ । शुक्रबार यसरी निमार्ण भएको शौचालयलको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र गैरआवसीय नेपाली संघको अध्यक्ष रविना थापाले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।


उद्घाटन पछि प्रमुख आचार्यलाई शौचालयको साँचो हस्तान्तरण गर्दै अध्यक्ष थापाले शौचालयको संरक्षण र सञ्चालनको जिम्मेवारी महानगरपालिकालाई रहेको बताउनु भयो । उहाँले थप यस्ता सामाजीक कार्यमा एनआरएनएले सहयोग गर्ने बताउँदै सामाज रुपान्तरणका लागि सबै पक्ष मिलेर लाग्नु पर्ने बताउनु भयो । एनआरएनएको निर्वाचनको सन्दर्भमा बोल्दै थापाले ६ महिनाको कार्यकालयमा सके जति राम्रो काम गरेको बताउँदै आगामि कार्तिक २ गते हुने एनआरएनएनको ११ औं महाधिवेशनमा अध्यक्षका रुपमा आफुपनि उम्मेदवार रहेको बताउँनु भयो । उहाँले १० औं महाधिवेशनमा तिन जना अध्यक्ष चुनिदाँ आफुले एनआरएनए भित्र उठाएको मुद्दाहरु ६ महिनाको कार्यकालमा पुरा गर्न नसकेको भन्दै ११ औं महाधिवेशनमा पुनः अध्यक्षको उम्मेदवार बन्नुपरेको प्रष्ट पार्नु भयो । आफु अध्यक्षमा निर्वाचित भएमा गैर आवासीय नेपाली र नेपाल जोड्ने पुलको रुपमा निस्वार्थ भावनाले काम गर्ने बताउनु भयो । कार्यक्रममा एनआरएनएको महिला सचिव टिका गुरुङ, सह–कोषध्यक्ष कृष्ण तिमिल्सेना, एनआरएनए सुईजरल्याण्डको अध्यक्ष कृष्ण सिवाकोटी सहित पोखरा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);