काठमाडौं, २५ असोज ||
नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनु नहुने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले देशमा सामाजिक सद्भाव र सहअस्तित्वमा बिचलन आइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनुभएको हो । उहाँले एकपछि अर्को गरी अन्र्तजातिय सद्भावना र धार्मिक सहिष्णुता तोड्ने काम भइरहेको भन्दै यसलाई तोड्न दिनु नहुने बताउनु भयो । उहाँले अन्र्तजातिय सद्भावना र धार्मिक सहिष्णुता नेपालको राष्ट्रिय गौरवको विषय भएको बताउनु भयो । उहाँले नेपाली संस्कृतिमा विचलन आउन दिनु नहुने बताउनु भयो । सांसद केसीले अराजकताको बिरुद्धमा अराजकताले नै प्रतिरोध गर्नु नहुने बताउनुभयो ।
उहाँले महंगीले जनताको चुल्हो नै नबल्ने स्थिति आएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनुहुँदैनः सांसद केसी
ताजा समाचार
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
१ दिन अघि
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
१ दिन अघि