अतिक्रमित सीमा क्षेत्र कालापानीमा भारतीय प्रधानमन्त्रीको भ्रमण,सरकारलाई छैन् जानकारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

अतिक्रमित सीमा क्षेत्र कालापानीमा भारतीय प्रधानमन्त्रीको भ्रमण,सरकारलाई छैन् जानकारी

काठमाडौं, २५ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्र पुग्नु भएको छ ।

मोदी हेलिकोप्टरबाट बिहान साढे ८ बजे नेपाली भूमि कुटीस्थित जोलिंकाङ पुग्नु भएको हो । मोदीले जोलिंकाङमा पूजापाठ गरेर कैलाश पर्वतको दर्शन गरेको बताइएको छ । कैलाश दर्शनपछि मोदीले नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसित छलफल गर्ने बुझिएको छ । नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग समान्य छलफल गरेको जनाइएको छ ।

मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नु भएको छ । साथै मोदीले अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गनु भएको छ । प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुग्नु भएको छ ।

अतिक्रमित सीमा क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे नेपाललाई कुनै औपचारिक जानकारी नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले आज भ्रमण गरेका ठाउँहरुमा नेपालीलाई प्रवेशमा रोक लगाइदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);