आज पाँच संसदीय समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

आज पाँच संसदीय समितिको बैठक

काठमाडौं, २४ असोज । आज एकैपटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कानून, न्याय तथा मानव अधिकार समितिको बैठक मध्यान्ह सवा १२ बजे बस्नेछ । बैठकमा सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ । त्यस्तै साढे ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आ.व २०८०/८१ को समितिको बजेटमाथि छलफल र सविता नायकको उजुरी सम्बन्धमा राष्ट्रिय महिला आयोगको प्रतिवेदनमाथि छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामकारवाही सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु संपरीक्षण सम्बन्धमा नेपाल सरकारका मुख्यसचिव, संघीय संसदमा महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र नेपाल सरकारका लेखा उत्तरदायी अधिकारीहरुसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बंलादेशको कृषिबाली अवलोकन प्रमण, सुपारीको खेती गर्ने किसान र उद्योगीको समस्या, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक छलफल सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);