एमाले सुदुरपश्चिमले आज नयाँ नेतृत्व पाउने, आजै मतदान | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

एमाले सुदुरपश्चिमले आज नयाँ नेतृत्व पाउने, आजै मतदान

काठमाडौं, २४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सुदुरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मंगलबार मतदान हुने भनिएपनि सहमतिको प्रयासका लागि आजका लागि मतदान सारिएको हो । अबको केही बेरमा मतदान सुरु हुने बताइएको छ ।

प्रदेशको नेतृत्वको लागि अछामका ३ गरी ४ जना प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन्।

अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन्। तिमिल्सिनालाई प्रदेशका निवर्तमान अध्यक्ष दामोदर भण्डारी लगायतको समर्थन रहेको छ। जैसीलाई पोलिटब्युरो सदस्य कर्ण थापा लगायतको समर्थन रहेको बताइएको छ।

Leave a Reply