नेपालमा कति छन् डेंगु सङ्क्रमित ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

नेपालमा कति छन् डेंगु सङ्क्रमित ?

dengu

काठमाडौं, २४ असोज । नेपालमा डेंगु सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । गएको दुई दिनमा १५ सय बढी व्यक्ति सङ्क्रमित भएका छन् । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार हालसम्म ३६ हजार ७४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

दुई दिन अघि ईडीसीडीले प्रकाशन गरेको तथ्याङ्कमा सङ्क्रमित सङ्ख्या ३५ हजार २२३ जना सङ्क्रमित थिए । आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

यस्तै दोस्रोमा तनहुँ जिल्लामा ३ हजार ७१० जना सङ्क्रमित छन् । तेस्रोमा झापा ३ हजार ५७१ हजार, धादिङमा ३ हजार १२९ जनामा सङ्क्रमण भएको छ । मोरङ २ हजार २७३ जना सङ्क्रमित हुँदा कास्की १ हजार ४०८ जना सङ्क्रमित भएका छन् । काठमाडौँमा ७ सय ८५ जना सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ । उता संखुवासभामा ५ सय २८ जना सङ्क्रमण पुष्टि हुँदा कैलालीमा ४ सय ८१ जनामा सङ्क्रमण भएको छ । धनकुटामा सङ्क्रमितको संख्या ४ सय ४५ जना पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ७ सय ५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ८ सय ५३ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ५ हजार ७ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार ७९, मधेस प्रदेशमा ५ सय ८५, लुम्बिनी प्रदेशमा ६ सय ४५ र कर्णाली प्रदेशमा १ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);