कस्तो रहँला आजको मौसम ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

कस्तो रहँला आजको मौसम !

काठमाडौं, २४ असोज । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको  जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । महाशाखाको अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, मधेश, बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);