सबै नेपाली विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारियो : परराष्ट्र मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

सबै नेपाली विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारियो : परराष्ट्र मन्त्रालय

काठमाडौं, २३ असोज । परराष्ट्र मन्त्रालयले इजरायलमा गएका सबै नेपाली विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिसकेको जनाएको छ । नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने मन्त्रालयले तयारी गरेको छ ।

इजरायलको सेनाको सहयोगमा सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारेको हो । मुख्य संकट अब टरेको र इजरायली सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेको मन्त्रालयको भनाइ छ ।

नेपाल सरकारले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्नका लागि हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ ।

नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ । इजरायलको सेनाको सहयोगमा लगभग सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा पु¥याइएको हो ।  ५३ जना विद्यार्थीहरुलाई स्थानान्तरण गरे सुरक्षित गरिएको मन्त्रालयले जनाएको छ । मुख्य संकट अब टरेको र इजरायली सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेको भन्दै परराष्ट्रले विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई नआत्तिन आग्रह गरेको छ । सरकारले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्नका लागि हिब्र भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ ।

इजरायलको अहिलेको संकटको बेला स्थानीय बासिन्दा, सेना, कर्मचारी लगायतसँग डिल गर्न सक्ने, त्यहाँको कानुनी प्रक्रिया बुझेको व्यक्ति दूतावासलाई आवश्यक परेकाले सोमबारको मन्त्रिपरिषद बैठकले अंग्रेजी–हिब्रु भाषा जानेको व्यक्तिलाई काममा लगाउन स्वीकृती दिएको हो । गत शनिबार प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा अन्धाधुन्द आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो । एक जना सम्पर्कविहीन छन् भने चार जना घाइते छन् । इजरायलको सेनाको सहयोगमा घाइतेहरुको उपचार र सम्पर्कविहीन भएकाको खोजी जारी छ । कृषि विषय अध्ययनसँगै काम पनि गर्नका लागि विश्वविद्यालयहरुसँग सम्झौता गरी विश्वविद्यालयहरुले जिटुजीमार्फत् विद्यार्थीहरुलाई इजरायल पठाउने गरेका छन् ।

ती विद्यार्थीहरुको विवरण सरकारसँग भए पनि अरु नै तरिकाले इजरायल गएकाहरुको विवरण भने छैन । त्यसैले विद्यार्थीहरु बाहेक इजरायलमा कति नेपालीहरु छन् र अहिले उनीहरुको अवस्था कस्तो छ भन्ने जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा करिब ४ हजार ५०० नेपालीहरु रहेको अनुमान गरिएको छ । इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहनेहरुका लागि अनलाइन रजिष्ट्रेसन जारी राखेका छ । उक्त डाटाबेसमा २०० भन्दा बढीले नेपाल फर्किने इच्छा व्यक्त गर्दै नाम दर्ता गराएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);