सांसद शर्माले प्रचण्डलाई व्यापारीबाट करोडौं असुली गर्न खोजेको आरोप किन लगाए ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

सांसद शर्माले प्रचण्डलाई व्यापारीबाट करोडौं असुली गर्न खोजेको आरोप किन लगाए ?

काठमाडौं, २१ असोज । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्रीले ठूला व्यापारीबाट करोडौं असुली गर्नका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आफ्नो कार्यालय मातहत राखेको आरोप लगाउनुभएको छ ।

शनिवार सिंहदरबारमा आयोजित सम्पती शुद्धीकरणसम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले चुनावी प्रयोजनका लागि करोडौँ रुपैयाँ असुली गर्नका लागि सो विभाग प्रधानमन्त्रीले आफ्नो मातहतको कार्यालयमा राखेको जिकिर गर्नुभएको हो । सांसद शर्माले देशमा कानूनलाई टेकेर नै अपराध गर्ने काम भइरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले क्यासिनो संचालनका लागि तोकिएको पैसाको सीमाको दायरा बढाउने गरी कानूनी व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

सांसद शर्माले भन्नुभयो, ‘यो सम्पती शद्धीकरण भन्ने चाहीँ प्रधानमन्त्री कार्यालयमा लगेर राखिएको छ के । यो किन राख्या भने नि माल खानका लागि राखेको हो । चुनावका बेला प्राईममिनिष्टर जोसुकै भएपनि प्राईममिनिष्टरहरुले ठूला व्यापारीहरुलाई टवाक्क चिठी काटने । छापा हान्न पठाउने । अनि माल यति करोड भनेर लिने । अनि चुनाव लडने । यो देश यस्तो अपराधिकरण भएको छ कानूनमा टेकेर ।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);