बंकरभित्र लुकिरहेका ३२ नेपाली विद्यार्थीलाई तेलअभिभ लगियो | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

बंकरभित्र लुकिरहेका ३२ नेपाली विद्यार्थीलाई तेलअभिभ लगियो

काठमाडौं, २३ असोज । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई तेलअभिभ लगिएको हो । उद्धार गरेर लगिएका मध्येका एक बर्दियाका लुइस रिजालले आफूहरु तेलअभिभमा सेनाको घेराभित्र सुरक्षित रहेको बताएका छन् ।

उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए । सुरक्षित स्थानमा पुगेकाले ढुक्क भएको उनले सामाजिक सञ्जालमा भनेका छन् ।

उद्दार गरिएकाहरुमा विभुषा अधिकारी, चितवन, रचना चौधरी, कैलाली, आशा मिश्र, कैलाली, सुष्मा रेग्मी, कैलाली, नविन घिमिरे, दाङ, .श्रेया तिवारी, चितवन र बादल सुवेदी, दाङका छन् । त्यसैगरी लुईस रिजाल, बर्दिया मनिष खनाल, गुल्मी, नारायण भुसाल, पर्वत, गणेश साउद, कैलाली, बिपिन जोशी, कैलाली, गणेश जोशी,कञ्चनपुर, ओमप्रकाश उपाध्याय, कैलाली,.प्रविन बीसी, सुर्खेत, प्रमोद भट्ट, बैतडी, अनुप अधिकारी, सिन्धुली, बिशाल पाण्डे कैलाली, समर्पण आचार्य दाङ र दाङकै विपिन सुवेदी रहेका छन् । नीतिन भण्डारी कञ्चनपुर, लोकेन्द्र विष्ट, डढेलधुरा, रमेशबहादुर कार्की, बाजुरा, निरज कुशवाहा, रौतहट, उपेन्द्र जोशी, कैलाली, .विनोद शाह, रौतहट र कैलालीका अरविनकुमार चौधरीको पनि उद्दार गरिएको छ ।

त्यसैगरी कैलालीकै आवाज भट्टराई, र रोहित नायकलाई पनि सुरक्षित स्थानमा पु¥याइएको छ । बर्दियाकी शिला कुमारी यादव र सल्यानकी साधना बोहरा पनि सुरक्षित स्थानमा पुगेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);