कृषि विश्वविद्यालयका ११९ जना विद्यार्थी सकुशल | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

कृषि विश्वविद्यालयका ११९ जना विद्यार्थी सकुशल

काठमाडौं, २२ असोज । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले इजरायलमा रहेका आफ्ना १ सय १९ विद्यार्थी सकुशल रहेको जानकारी दिएको छ । विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक डा. शारदा थपलियाले प्रेस विज्ञप्ति जारी गरी त्यहाँ रहेका आफ्ना विद्यार्थी सकुशल रहेको जानकारी दिनुभएको हो ।

कामसँगै अध्ययन गर्ने कार्यक्रम अन्तर्गत इजरायलमा ११९ जना विद्यार्थी सकुशल रहेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयबाट २०२३ मा इजरायल गएका ११३ जना र २०२२ मा गएका ६ जना गरी ११९ जना विद्यार्थी सकुशल रहेको विज्ञप्तिमा उल्लेख छ । ती विद्यार्थीको स्थानान्तरणको प्रयास भइरहेको र यसका लागि विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय भइरहेको जनाइएको छ ।

विज्ञप्तिमा अप्ठ्यारो अवस्थामा विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपालस्थित इजरायलको राजदूतावास एवं इजरायल स्थित नेपाली राजदूतावासलाई जानकारी गराइएको उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);