इजरायल–हमास युद्ध,११ सयभन्दा बढीको मृत्यु, १ लाख प्यालेस्टिनी घर छोड्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

इजरायल–हमास युद्ध,११ सयभन्दा बढीको मृत्यु, १ लाख प्यालेस्टिनी घर छोड्न बाध्य

एजेन्सी, २२ असोज । इजरायल र हमासबीच जारी युद्धको आज तेस्रो दिन हो । बीबीसीको रिपोर्ट अनुसार हालसम्म ७०० इजरायलीको मृत्यु भइसकेको छ भने २१ सय जना घाइते भएका छन् । योसँगै गाजामा इजरायलको हवाई हमलाका कारण ४१३ प्यालेस्टाइनीको मृत्यु भएको छ । २ हजारभन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

इजरायली हमलापछि गाजाका १ लाख २३ हजार मानिस घर छाड्न बाध्य भएको यसैबीच संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । राष्ट्रसंघको अनुसार करिब ७४ हजारले विद्यालयमा आश्रय लिएका छन् । इजरायललाई अमेरिकाले सैन्य सहयोग खबर पनि आएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भने– हाम्रा जहाज र लडाकु विमानहरू इजरायलतर्फ मद्दतका लागि अघि बढिरहेका छन्।

 

Leave a Reply