इजरायलमा समस्यामा परेका नेपालीहरुले कसलाई कसरी सम्पर्क गर्ने ! | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

इजरायलमा समस्यामा परेका नेपालीहरुले कसलाई कसरी सम्पर्क गर्ने !

काठमाडौं, २२ असोज । इजरायलमा समस्यामा परेका नेपालीहरुको लागि सरकारले सहजिकरणका लागि सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले प्रवक्त सेवा लम्साल,सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको हो ।

इजरायलमा रहेको नेपाली दूतावासले नेपाल फर्कन चाहानेहरुको लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । दुतावासले समस्यामा परेका नेपाली नागरिकहरुको उद्धार र स्वदेश फर्काउन सूचना संकलनको काम शुरु गरेको जनाएको छ ।

“समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको छ” दुतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दूतावासका अनुसार

यो लिंकबाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छ  https://forms.gle/415GMXE2bZVEoBcR7

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);