इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन अनलाइन रजिष्ट्रेशनको व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन अनलाइन रजिष्ट्रेशनको व्यवस्था

काठमाडौं, २२ असोज । इजरायलमा रहेको नेपाली दूतावासले नेपाल फर्कन चाहानेहरुको लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था मिलाएको छ । दुतावासले समस्यामा परेका नेपाली नागरिकहरुको उद्धार र स्वदेश फर्काउन सूचना संकलनको काम शुरु गरेको पनि जनाएको छ ।

“समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको छ ” दुतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दूतावासका अनुसार यो लिंकबाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छ

https://forms.gle/415GMXE2bZVEoBcR7

अहिले जो जहाँ छ, त्यहाँ सुरक्षित रहँदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले आग्रह गरेको छ । आक्रमणमा मारिएका १० जना नेपालीको शव ल्याउन पनि आवश्यक प्रबन्ध गरिने समेत जानकारी दिएको छ । शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि भएको छ । मृत्यु हुनेमा सबै छात्र हुन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । यसको जाककारी परराष्ट्र मन्त्रालयलाई गराइएको उहाँले बताउनु भयो । एक जना बेपत्ता छन् । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । शनिबार बिहान ६ बजेदेखि ७ बजेको समयमा उनीहरु बसेको क्याम्पभित्र हमासका लडाकुहरु प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

ती विद्यार्थीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् । यो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरु पठाएका थिए । जसमध्ये ११ जना छात्रा छन् । उनीहरू यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ । ४९ जना विद्यार्थीहरुलाई ६ वटा समूहमा बिभाजन गरी अलग–अलग कृषि फार्ममा पठाएक थिए । ३२ जना कृषि विद्यार्थीहरु भने बिभिन्न कृषि फार्ममा रहेको वंकरमा सुरक्षित छन् ।आफूहरुमाथि आक्रमण हुने बित्तिकै घाइते विद्यार्थीहरुले नजिकको फार्ममा रहेका साथीहरुलाई उपचारको प्रबन्ध गर्न खबर गरेका थिए । ती साथीहरुले तुरुन्तै एम्बुलेन्सलाई खबर गरेका थिए । एम्बुलेन्सले तत्काल उद्धार गर्न सकेन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);