इन्जिनियरिङ संस्थानले तोक्यो नयाँ शुल्क | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

इन्जिनियरिङ संस्थानले तोक्यो नयाँ शुल्क

काठमाडौं, २१ असोज । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले नयाँ शुल्क तोकेको छ। यसअघि ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ शुल्क तोकेको थियो । सो निर्णय विद्यार्थी संघसंगठनहरूको विरोधमा संस्थानले कार्यान्वयनमा ल्याउन सकेको थिएन।

संस्थानले यसपटक ४ लाख ९० हजार रुपैयाँ शुल्क तोकेको छ । यसअघि विद्यार्थीहरूले तीन लाख १८ हजार रुपैयाँ शुल्क तिरेर पढ्दै आएका थिए। इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको असोज १९ को निर्णयअनुसार चार वर्षे बिई र बिआर्क तहका लागि धरौटीसहित नियमिततर्फ ५६ हजार ७ सय, पूर्ण शुल्किय तर्फ चार लाख ९० हजार र विदेशी विद्यार्थीका हकमा १३ लाख १३ हजार पाँच सय शुल्क कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);