गणतान्त्रिक व्यवस्था मन नपराउनेहरु धार्मिक द्वन्द्व निम्त्याउन संलग्न छन्ः सांसद शर्मा | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

गणतान्त्रिक व्यवस्था मन नपराउनेहरु धार्मिक द्वन्द्व निम्त्याउन संलग्न छन्ः सांसद शर्मा

काठमाडौं, १९ असोज ||

नेकपा(माओवादी केन्द्र)की सांसद नारायणी शर्माले गणतान्त्रिक व्यवस्था मन नपराउनेहरु धार्मिक र साम्प्रदायिक द्वन्द्व निम्त्याउन संलग्न रहेका बताउनुभएको छ । शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले वर्तमान गणतान्त्रिक व्यवस्थालाई मन नपराउनेहरु नै धार्मिक र साम्प्रदायिक द्वन्द्व निम्त्याउन संलग्न रहेका बताउनुभएको हो ।

उहाँले यस प्रकारको द्वन्द्व निम्त्याउन उनीहरुले नै प्रेरित गरिरहेका बताउनु भयो । उहाँले धार्मिक, सामाजिक सद्भाव कायम गर्नुपर्ने र त्यसका निम्ति सकारात्मक बाटो देखाउनुपर्नेमा जोड दिनुभयो । द्वन्द्व निम्तिन नदिन सबै राजनीतिक दलहरु र नागरिकहरु एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । सांसद शर्माले द्वन्द्व फैलाउन पर्दा पछाडी उभिएकाहरुलाई राज्यले चिन्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);