एमाले गण्डकीमा नेतृत्व छान्न मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

एमाले गण्डकीमा नेतृत्व छान्न मतदान जारी

काठमाडौं, १८ असोज । सत्तारुढ दल नेकपा (एमाले) गण्डकीले आज नयाँ नेतृत्व पाउँदैछ । बिहान ११ बजेदेखि हुने भनिएपनि १२ बजेपछि मात्र मतदान सुरू भएको हो । ३३ वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ । साझ साढे ५ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको छ । आजै नतिजा आउने जनाइएको छ ।

पोखरामा जारी अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि रहेका छन् । सर्वसम्मतीको प्रयास असफल भएपछि बुधबार बिहान उम्मेदवारी दर्ताको समय तोकिएको हो ।

अधिवेशनले ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । निर्वाचन समितिको अनुसार ५ पदाधिकारीमा ११ जनाको उम्मेदवारी परेको छ । कुल ३ सय ८२ जनाको उम्मेदवारी परेको बताइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);