संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो नेपाल आउँदै

काठमाडौं, १८ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउने हुनुभएको छ । महासचिव गुटेरस यही असोज महिनाभित्र नेपाल आउन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार महासचिव एन्टोनियो ३ दिन नेपाल बस्नु हुनेछ ।

नेपाल भ्रमणका क्रममा महासचिवले शान्ति प्रक्रियाका विषयमा नेताहरुसँग छलफल गर्ने कार्यक्रममा छ । त्यस्तै जलवायु परिवर्तन र अति कम विकसित मुलुकका विषयमा पनि छलफल गर्ने नेता गजुरेलले जानकारी दिनुभयो । २९ भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महाचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । गुटेरसको भ्रमणले नेपालसँग सम्बन्धित विभिन्न विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गर्न सहयोग पुग्ने माओवादी केन्द्रका नेताहरु बताउँछन् । यसअघि सन् २००८ को अक्टोबरमा तात्कालिक महासचिव बान कि मुन काठमाण्डूमा आउनुभएको थियो । शान्तिप्रक्रियामा आएपछि भएको निर्वाचनबाट त्यतिबेला माओवादीको सरकारमा पुगेको थियो । त्यतिबेला पनि प्रचण्ड नै प्रधानमन्त्री हुनुहुन्थ्यो ।

हालै अमेरिकाको न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा भाग लिएर फर्कनुभएका प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरसको भ्रमणबारे मङ्गलवार पार्टी पदाधिकारीहरूलाई पनि जानकारी दिनुभएको थियो । संयुक्त राष्ट्रसङ्घसँग नेपालको साइनो खास गरी शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्तिप्रक्रिया अनि अन्य आर्थिक–सामाजिक विकासका मुद्दाका कारण गहिरो गरी जोडिएको छ । नेपालमा एक दशक चलेको माओवादी सशस्त्र द्वन्द्व अन्त्य भएलगत्तै यहाँको शान्तिप्रक्रियामा राष्ट्रसङ्घ प्रत्यक्ष तथा परोक्ष संलग्न रह्यो । राष्ट्रसंघीय नियोग अनमिन नेपालमा सन् २००७ देखि २०११ सम्म रह्यो । त्यसपछि पनि शान्ति प्रक्रियासँग जोडिएका सत्य निरूपण अनि बेपत्ता पारिएकाहरूको छानबिनको विषयलाई राष्ट्रसङ्घीय निकायहरूले बारम्बार उठाउने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);