सिक्किमको टिस्टा नदीमा बाढी,सेनाको शिविर ध्वस्त, २३ सैनिक बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २८ २०८१, बुधवार

सिक्किमको टिस्टा नदीमा बाढी,सेनाको शिविर ध्वस्त, २३ सैनिक बेपत्ता

एजेन्सी, १७ असोज । सिक्किममा बादल पड्किएर टिस्टा नदीमा आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । डिफेन्स पीआरओका अनुसार मंगलबार बिहान १ः३० बजे लोनाक तालमा बादल पसेपछि लाचेन उपत्यकाको टिस्टा नदीमा अचानक बाढी आएको हो ।

खोला नजिकैको क्षेत्रमा सेनाको क्याम्प रहेको थियो, जुन बाढीले बगाएको थियो । गुवाहाटीका डिफेन्स पीआरओले भने– पानी एक्कासी बढेपछि चुङथाङ बाँधबाट पानी छोड्नुपरेको हो । यसपछि तल्लो क्षेत्रहरु पनि डुब्न थालेका छन् । यहाँ सिंगताम नजिकै बर्दाङमा पार्किङ गरेका ४१ सेनाको गाडी डुबेर मृत्यु भएको छ ।

सेनाका अनुसार बादल पड्किएपछि टिस्टा नदीको पानीको बहाव एकाएक १५ देखि २० फिटले बढेको थियो । त्यसपछि खोला आसपासका क्षेत्रहरु डुबानमा परेका छन् । खोलाको पानी धेरैको घरमा पनि पुगेको छ । मानिसहरु घर छाडेर सुरक्षित ठाउँमा गएका छन् ।

एक्कासी बादल पसेपछि नदीमा बनेका केही पुल र सडकमा पनि क्षति पुगेको छ । गुवाहाटीका डिफेन्स पीआरओले दुर्घटनापछि बेपत्ता सैनिकको खोजीका लागि उद्धार कार्य सुरु गरिएको बताए । स्थानीय प्रशासनले पनि आफ्नो स्तरमा उद्धार कार्य गरिरहेको छ । यद्यपी मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);