काठमाडौं, १७ असोज । अछामको साँफेबगर पुगेका माओवादीका सचिव डिलाराम आचार्य बिरामी भएका छन् । पार्टीको ३ महिने अभियानका क्रममा अछाम पुगेका आचार्यको बुधबार बिहान एकाएक बोली बन्द भएको थियो ।
उनलाई केही बेरमा काठमाडौं ल्याउने तयारी भइरहेको बुझिएको छ ।
आचार्यको शरिरको दाहिने भागमा समस्या भएपछि बयलपाटा अस्पताल लगिएको थियो । त्यहाँ पनि सिटीस्यान नभएपछि नेपालगन्ज लगिएको स्रोतले जनाएको छ ।
पहिलोपटक माइनर हर्ट अट्याक भएकाले काठमाडौं ल्याउन लागिएको हो ।