२ विद्यार्थीको मृत्युपछि बन्द पृथ्वीराजमार्ग सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

२ विद्यार्थीको मृत्युपछि बन्द पृथ्वीराजमार्ग सञ्चालनमा

धादिङ, १७ असोज । धादिङमा ट्रकको ठक्करबाट २ जना बालकको मृत्यु भएपछि बन्द भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।

गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्युशन पढ्न गएका बालकहरु निर्मल श्रेष्ठ र सन्जिब श्रेष्ठको ट्रकले किचेर घटनास्थलमै मृत्यु भएको थियो । २ बालकहरुको शव पोस्टमार्टमका लागि गजुरी अस्पताल पुर्याइएको छ ।

काठमाडौंबाट चितवनतर्फ जादैं गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको ट्रकले बुधबार बिहान उनीहरुलाई ठक्कर दिएको थियो ।

दुवै बालकहरु बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । सोही घटनालाई लिएर स्थानीयहरुले पृथ्वीराजमार्ग अबरुद्ध गराएका थिए । ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);