इन्द्रजात्रा हेर्न पुुगेका शनीको हत्या,२ युवतीसहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

इन्द्रजात्रा हेर्न पुुगेका शनीको हत्या,२ युवतीसहित ४ जना पक्राउ

काठमाडौं, १७ असोज । न्युरोडमा इन्द्रजात्रा हेर्न पुगेका युवकको हत्या भएको घटनामा २ युवतीसहित ४ जना पक्राउ परेका छन् । धारिलो हतियार प्रहारबाट ओखलढुंगाका शनी कार्कीको हत्या भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं–१९ की २० वर्षीया सोनिया श्रेष्ठ खड्गी,ललितपुरको एकान्तकुनाका २२ वर्षीय सन्देश खड्गी, मकवानपुरको हेटौँडाकी १९ वर्षीया भूमी मल्ल र ललितपुरको गोदावरीका १९ वर्षीय अरविन ठकुरी रहेका छन् ।

ओखलढुंगाको लिखुका १७ वर्षीय सनी कार्कीको सोमबार छुरा प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार अरविनले छुरा प्रहार गरेका थिए । जात्रामा भोलेन्टियरका रुपमा खटिएका सोनिया र सन्देशले भूमि र अरविनलाई जात्रा हेर्न न्युरोड बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मदिरा सेवनपछि अरविनको समूह र सनीको समूहबीच विवाद भएको पाइएको छ ।

१७ वर्षीय कार्कीको छातीमा हतियार प्रहार भएको हो । उनको उपचारको क्रममा मृत्युभएको काठमाडौं प्रहरीले जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार