नेपालमा शान्तिको आवश्यकता छः मन्त्री साउद | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

नेपालमा शान्तिको आवश्यकता छः मन्त्री साउद

काठमाडौं, १५ असोज ||
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा शान्तिको आवश्यकता रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आज पनि नेपालका युवा र नेपालका राजनीतिज्ञका लागि गान्धी एउटा प्रेरणाका श्रोत रहेको बताउनु भयो । उहाँले कानून, संविधान बमोजिम आफ्नो जीवनको संस्कृतिको रुपमा शाीन्तलाई विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालको भविष्य सुन्दर रहेको भन्दै नेपाली राजनीतिक फाँटमा जहाँ भएपनि भविष्य एउटै बनाउने भनेर समृद्ध र सुन्दर नेपाल बनाउने बाटोमा रहेको बताउनु भयो ।

मन्त्री साउदले नेपालको राजनीतिमा कुनै न कुनै रुपमा सबै राजनीतिक दलहरुले हतियार उठाएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);