काठमाडौं, १५ असोज ||
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्त स्थापना गरेको १६ वर्ष बितिसक्दा पनि जनताको अवस्था परिवर्तन गर्न नसक्दा लोकतन्त्रको बिरुद्धमा आवाज उठिरहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजमा असहिष्णुता बढ्दै गएको भन्दै सरकारले यसमँ ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले एशियालाई शान्ति क्षेत्रको रुमपा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले शान्तिका पक्षहरुले सुझबुझका साथ समाजमा आइरहेका परिवर्तनलाई हेर्दै दिगो लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।
नेता ज्ञवालीले समाजमा असहिष्णुरुपी संस्कृतिको विकास हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।