संसदीय समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई बोलायो | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

संसदीय समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई बोलायो

काठमाडौं, १५ असोज ||
संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ । दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका साथ असोज १७ गते बुधवार बस्ने समितिको बैठकमा मन्त्री ज्वालासहितका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो । दशैँ, तिहारजस्ता चाडपर्वमा काठमाडौं उपत्यकाबाट घर जाने सबैलाई यातायातको उचित व्यवस्था गर्न र बाढी, पहिरोले तहसनहस बनाएका सबै सडकहरु पुनर्निर्माणको काम छिटो सम्पन्न गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँगै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति दीपकबहादुर सिंहले बताउनु भयो ।

समितिको बैठक असोज १७ गते बुधवार बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्री ज्वाला समक्ष समितिका सदस्यहरुले दशैं, तिहारजस्ता चाडपर्वमा घर जाने यात्रुहरुका लागि आवश्यक यातायातको व्यवस्था गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउने पनि सो समितिले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);