काठमाडौं, १५ असोज । नेकपा एमालेको कोशी प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान सकिएको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि आइतबार राति साढे १० बजेबाट मतदान सुरू भएर आज बिहान साढे ६ः३० बजे सम्पन्न भएको निर्वाचन समितिले जनाएको हो ।
निर्वाचन समिति संयोजक चुडामणि आचार्यले कुल मतदाता ९९७ मध्ये ९७७ जनाले मतदान गरेको बताएका छन् । २० जना अनुपस्थित रहे । अपराह्नबाट मतगणना कार्य सुरू गर्ने निर्वाचन समितिले जनाएको छ । दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङसहित ७३ जना निर्विरोध निर्वाचित भए ।
७३ जना निर्विरोध भएपछि १४२ पदका लागि ३१८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका निर्वाचन समितिले जनाएको छ । प्रदेश कमिटीको अध्यक्षमा लेटाङ नगरपालिकाका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकालबीच प्रतिस्पर्धा छ । उपाध्यक्षमा चेम्जोङको निर्विरोध हुनु भएको छ । । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा, उपसचिवमा खोटाङका देउमान राई, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपाली प्रतिस्पर्धामा हुनुहुन्छ ।