एमालेको टिप्पणी : प्रधानमन्त्रीको चीन भ्रमण धुमधामको गुमनाम | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

एमालेको टिप्पणी : प्रधानमन्त्रीको चीन भ्रमण धुमधामको गुमनाम

काठमाडौं, १५ असोज । नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चिन भ्रमण धुमधामको गुमनाम भएको टिप्पणी गर्नुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद पन्तले प्रधानमन्त्रीले धुमधामसहित चीन भ्रमण गरेपनि उपलब्धिको हिसाबले गुमनाम भएको बताउनुभएको हो ।

उहाँले चीन भ्रमणका क्रममा उल्लेखनीय कुनै सहमति हुन नसकेको र पुराना सहमतिहरु पनि कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले बिआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा पनि कुनै छलफल हुन नसक्नुले भ्रमण गुमनाम बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जे–जे सहमति भएको छ, त्यसमा पहिल्यै भएका सहमती पनि सबै कार्यान्वयन हुने भएनन् । र नयाँ त केहीपनि भएनन् । ठोस उपलब्धी देखिनुप¥यो नि । उहाँले तिन, चारवटा बाटोको कुरा गर्नुभएको थियो, किमाथांका, कोशी करिडोर, पश्चिमको करिडोर । त्यो केहीपनि भएन । किमाथांकाबाट ट्रान्समिशन लाइनको कुरा गर्नुभएको थियो, त्यो पनि भएन । बिआरआइमा हस्ताक्षर भएन । मुख्यकुरा बिआरआइमा हस्ताक्षर गर्नुपथ्र्यो । त्यो केही पनि भएन । त्यसकारण चिन भ्रमण उहाँको गुमनाम भयो । धुमधामको गुमनाम भयो । उपलब्धि केही पनि भएन ।’

उहाँले प्रधानमन्त्रीले फर्कनासाथ विमानस्थलमा भ्रमणको तयारीका कमी भएको अभिव्यक्ति दिएको उल्लेख गर्दै उहाँले तयारीमा कमि हुँदाहुँदै किन भ्रमण गएको भन्ने प्रश्न समेत गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);