बालेनलाई काठमाडौंका सिडियोको चुनौती : महानगरले खुला मञ्च बन्द गर्न पाउँदैन् | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

बालेनलाई काठमाडौंका सिडियोको चुनौती : महानगरले खुला मञ्च बन्द गर्न पाउँदैन्

काठमाडौं, १४ असोज । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौं महानगरपालिकाले खुला मञ्चमा ताला लगाएर बन्द गर्न नपाउने बताउनुभएको छ ।

आईतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले विगतमा खुला मञ्चमा सबैले खुला रुपमा प्रदर्शन तथा अभिव्यक्ति राख्ने ठाउँ भएकाले अहिले पनि खुला मञ्च खुलामञ्चकै रुपमा प्रयोगमा आउनु पर्ने बताउनु भयो । उहाँले खुलामञ्च नेपाल सरकारको भएकाले महानगर वा संघीय सरकारले कसले प्रयोग गर्ने विषयमा तत्काल निर्णय हुन आवश्यक रहेको बताउनु भयो । उहाँले खुला मञ्चमा महानगरले ताला लगाएर बन्द गरेर राख्ने प्रदर्शनकारीहरुले माईतीघरमा आन्दोलन र प्रदर्शन गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको बताउनु भयो । उहाँले खुला मञ्चमा सुरक्षित रुपमा प्रदर्शन तथा आन्दोलन गर्न दिए माईतीघरदेखि वानेश्वरसम्मको दैनिकी ट्राफिक व्यवस्थापन सहज हुने बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाका सडक सवारी साधन सञ्चालनको लागि मात्रै प्रयोग नभएको भन्दै सुरक्षाको हिसाबले हेर्दा माईतीघरबाट बानेश्वरसम्म दैनिक रुपमा सडक अवरुद्ध हुने गरेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी बस्नेतले आन्दोलन गर्नेहरुलाई सरकारलेसाइडमा हिँडाएर नियमन गर्न समेत नसकेको बताउनु भयो । उहाँले प्रदर्शनकर्तालाई पनि सचेतना दिन आवश्यक देखिएको बताउनु भयो । उहाँले देशभरबाट प्रदर्शन आउँदा प्रदर्शनकारीहरुलाई देशको राजधानीमा प्रदर्शन गर्ने ठाउँ नभएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘काठमाडौं उपत्यकाका सडक सवारी साधन सञ्चालनको लागि मात्रै प्रयोग भएको छ्रैन् । सुरक्षाको हिसावले हेर्दा माइतीघरबाट बानेश्वरसम्म दैनिक रुपमा सडक अवरुद्ध छ । विभिन्न ¥याली, हजारौंको सख्यामा प्रदर्शन भइरहेको छ । हामीले उनीहरुलाई साइडमा हिँडाएर नियमन गर्न सकेका छैनौं । ट्राफिक सचेतना सबैलाई जगाउन जरुरी छ । प्रदर्शनकर्तालाई पनि सचेतना दिन आवश्यक भएको छ । हामीले सडकको साइडको लेन प्रयोग गर्नु भनेका छौं । देशभरबाट प्रदर्शन आउँदा प्रदर्शनकारीहरुलाई देशको राजधानीमा प्रदर्शन गर्ने ठाउँ पनि छैन । विगत लामो समयदेखि प्रर्दशन,सभा पर्ने र भनाईहरु राख्ने ठाउँ खुल्ला मञ्चको रुपमा प्रयोग भएको थियो । त्यो खुलामञ्च पनि अहिले थन्किरहेको छ । कसको मातहतमा छ भन्ने कुरा पनि थाहा छै्रन । खुलामञ्च नेपाल सरकारको नाममा छ । त्यसलाई नेपाल सरकारले प्रयोग गर्ने वा स्थानीय तह महानगरले प्रयोग गर्ने हो अन्योल छ । खुला मञ्चलाई सुरक्षाको दृष्टिकोणबाट व्यवस्थित रुपमा प्रयोगमा ल्याउनुपर्छ भन्ने माग छ । त्यो खुलामञ्च हो खुलामञ्च कै रुपमा प्रयोगमा आउनुपर्छ । त्यहाँ नेपाली जनता र प्रदर्शन गर्नेहरुले खुला मञ्चमा अभिव्यक्तिहरु राख्न पाउनुपर्छ । त्यो कसैले ताला लगाएर बन्द गरेर राख्न पाइँदैन । सबै सरोकारवाला निकायहरुले त्यसलाई बुझ्नुपर्छ । ट्राफिक अस्तव्यस्त हुनुमा एउटा कारण सुरक्षित रुपमा प्रदर्शन गर्ने ठाउँ नभएर भइरहेको छ ।’

उहाँले विगत लामो समयदेखि प्रदर्शन,सभा पर्ने र भनाईहरु राख्ने ठाउँ खुला मञ्चको रुपमा प्रयोग भएको तर अहिले बन्द रहेको भन्दै खुला मञ्चलाई सुरक्षाको दृष्टिकोणबाट व्यवस्थित रुपमा प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले खुला मञ्चमा नेपाली जनता र प्रदर्शन गर्नेहरुले खुला मञ्चमा अभिव्यक्तिहरु राख्न पाउनुपर्ने बताउनु भयो । उहाँले ट्राफिक अस्तव्यस्त हुनुमा एउटा कारण सुरक्षित रुपमा प्रदर्शन गर्ने ठाउँ नभएर पनि भएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);