काठमाडौं, १४ असोज । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
जसमा सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रमको समिक्षा सम्बन्धमा, समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा, समितिबाट सरकारलाई समय समयमा दिइएका निर्देशनहरुको कार्यान्वयन अवस्था सम्बन्धमा छलफल हुनेछ । बै७कमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री र त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिलाई समिति बैठकमा आमन्त्रण गरिएको छ ।
त्यस्तै आज दिउँसो साढे १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।