कर्नाटक बन्द : विद्यालय र कलेज प्रभावित, ४४ उडान रद्द | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

कर्नाटक बन्द : विद्यालय र कलेज प्रभावित, ४४ उडान रद्द

काठमाडौं, १२ असोज । कावेरी जल विवादलाई लिएर कर्नाटक र तमिलनाडु बीचको विवाद लगातार बढ्दै गएको छ। यसैबीच, आज धेरै संगठनहरूले कर्नाटकमा बन्दको आह्वान गरेका छन्। जस अन्तर्गत विभिन्न संघसंस्थाहरु सडकमा उत्रिएका छन् । आन्दोलनका क्रममा प्रहरीले धेरैलाई नियन्त्रणमा लिएको छ ।

कावेरी जल विवादमा विभिन्न किसान संगठनहरूले ’कर्नाटक बन्द’ आह्वान गरेका छन्। बन्दलाई ध्यानमा राख्दै, मण्ड्या र बेंगलुरुका सबै स्कूल र कलेजहरू शनिबार बन्द रहनेछन्।

यसैबीच, कर्नाटक बन्दको समयमा धेरै संगठनहरूले लगातार विरोध गरिरहेका छन्। कावेरी पानी बाँडफाँडको मुद्दामा कन्नड समर्थक संगठनहरूले बेंगलुरुको फ्रीडम पार्कमा विरोध प्रदर्शन गरे। प्रहरी प्रशासन पनि घटनास्थलमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);