काठमाडौं, १२ असोज । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ ।
कार्कीलाई शुक्रबार बिहान नर्भिक अस्पतालमा लगिएको थियो ।
५२ वर्षीय कार्कीको शरीरमा जीवनको कुनै संकेत नदेखिएको भन्दै अस्पतालले मृत घोषणा गरेको हो ।
ओखलढुंगाका कार्की राष्ट्रपति कार्यालयको कानुन महाशाखामा कार्यरत थिए ।